काठमाडौं । पार्किङ गरेर राखेको बसमा युवकको शव भेटिएको छ । गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखेको बा. २ ख २३४४ नम्बरको बसमा युवकको शव भेटिएको हो ।
सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जनाएको छ । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले सुनाए । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१