नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजको पूर्वी नहरमा भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी थप दुई जनाको शव फेला परेको छ । राति सवा ८ बजेतिर थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस अघि सोही नहरमा २ जना पुरुषको शव फेला परेको थियो । अहिले राति फेला परेको शव राति भएको भएर निकाल्न गाह्रो भएकोले भोलि विहान मात्रै निकालिने र दिउँसो बाल्मिकी नहरमा भेटिएका २ वटा शव घटना स्थलबाट निकाल पोष्टमार्टमका लागि चितवन पठाइएको छ ।
त्यसैगरी नवलपुरको मध्यविन्दु २ भुताहामा नारायणी नदीमा १ जनाको शव अहिले राति फेला परेको छ । ति ५ वटै शव सिमलताल दुर्घटनाको भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । यो सहित चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा खसेको २ वटा बसका १२ जना यात्रुको शव फेला परेको छ । शनिबार ३ वटा र आइतबार ९ वटा गरी १२ वटा शव फेला परेको हो । शव फेला परेका मध्ये ५ जनाको सनाखत भएको छ । अहिलेसम्म नवलपुरको गैडाकोटमा ३ जना, त्रिवेणी ब्यारेजको भारत बाल्मिकी नहरमा ४ जना, नवलपुरको मध्यविन्दुमा १ जना, पश्चिम नवलपरासीको सुस्ता ४ को १५ नम्बर ठोकरमा १ जना, चितवनको नारायणी र राप्तीको दोभान गोलाघाटमा २ जना र चितवनकै भरतपुर २६, सिसुवारमा १ जना गरी १२ जनाको शव भेटिएको छ ।
भेटिएका भारतको विहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ निवासी ४० बर्षीय सजाद अन्सारी, ३० बर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर, २८ बर्षीय भारतीय नागरिक ऋषि पल शाह, चितवनको माडी नगरपालिका १ निवासी २२ बर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसर माझी गरी ५ जनाको सनाखत भएको छ । त्रिवेणी ब्याजेरजको भारत बाल्मिकी नहरमा भेटिएका ४ जना, नवलपुरको मध्यविन्दुमा भेटिएका १ जना, पश्चिम नवलपरासीको सुस्ता ४ को १५ नम्बरमा भेटिएका १ जना र चितवनका भरतपुर महानगरपालिका २६, सिसुवारमा १ जनाको सनाखत हुन बाँकी रहेको छ । daunnenews.comबाट साभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१