चितवन । सिमलताल घटनाको थप दुई शवको सनाखत भएको छ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको हो ।गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ ।
जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जानकारी दियो । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए ।
यसैगरी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको शव गैँडाकोट नगरपालिका–७ मा भेटिएको हो । उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१