भरतपुर । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको विकासका दाई विजय परियारले जानकारी दिनुभयो । विकासले फोटोग्राफीको काम गर्दै आउनुभएको थियो । दाई विजयका असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बस चढ्नुभएको थियो । उहाँको साथमा भरतपुर सारदानगर निवासी २५ बर्षका फोटोग्राफर सुदीप बिक समेत बस चढेको र उहाँ समेत बेपत्ता रहेको बताइएको छ । बसपार्कबाट नचढेकाले उनिहरुको नाम बसका यात्रीहरूको सुचीमा उल्लेख नरहेपनि सिसिटिभी फुटेज हेर्दा दुबैजना सो बस चढेको देखिएको दाई बिजयले बताउनुभयो । बेपत्ता विकासले हालसालै मात्र विवाह गर्नुभएको थियो ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१