चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा गएराति ठूला पहिरो खसेका छन् । सिमलतालको पहिरोले दुई यात्रुबहाक बस बगाएको छ भने सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर एक जना बस चालकको मृत्यु भएको छ ।
पहिरोका कारण झण्डै तीन किमी दुरीसम्म सवारी साधनको लाइन लागेको छ । सवारी साधनको लाइनमा दुई दर्जनबढी बिहेका गाडी पनि जाममा परेका छन् ।
असार २७, २८, ३० र ३१ गते बिहेको लगन रहेको छ । लगन छोपेर बिहे गर्नेहरु धेरै हुने गर्छन् । नारायणगढ–मुग्लिन सडक भएर यात्रा गरेका बिहेका जन्तीहरु पहिरोका कारण जाममा परेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१