दाङ। दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन् । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।ऊनीलाई आक्रमण गर्ने बाघ जंगलतिर भगेको बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१