चितवन । नारायणी नदीको नारायणगढ देवघाट क्षेत्रमा जल सतह बढेको छ । शनिबार सबेरैदेखि चितवनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ ।
जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । चितवनमा पानी रोकिने संकेत देखिएको छैन । शनिबार बिहान साढे ११ बजे नारायणगढस्थित नारायणी पुलमुनी पानीको तह १० दशमलब ७७ मिटर पुगेको छ । नारायणगढमा ११ मिटर माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१