हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
नारायणी र यसका प्रमुख सहायक नदीहरू बुढीगण्डकी, सेती, मर्स्याङ्दी, कालीगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दो रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ। त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्युठान, रोल्पा,
सल्यान, रुकुम-पूर्व, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले स-साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१