खेम नारायण महतो, कावासोती । पुर्व नवलपरासीको डण्डामा रहेको थारु राष्ट्रिय संग्राहलय अध्ययन केन्द्रको सातौ साधारण सभा तथा चौथो अधिवेशन डण्डामा सुरु भएको छ ।
थारु राष्ट्रिय संग्राहलय अध्ययन केन्द्रले हाल सम्म गरेको कार्यहरु र भावी योजनाहरुको बारेमा धारणा बनाउने गरी साधारण सभा तथा अधिवेशन सपन्न हुने अध्यक्ष जामुन राम महतोले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य विना कुमारी थनेतको प्रमुख आतिथ्यता तथा कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत, थाकस केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, थारु महिला सभा केन्द्रीय सदस्य हरिमाया महतो, थाकस केन्द्रीय पार्षदहरु, जिल्लाका गुठी समितिहरु, मध्यविन्दु नगरपालिका निर्वतमान उपप्रमुख ओमकुमारी महतो र स्थानिय संघसंस्था लगायत अध्ययन केन्द्रका सदस्यहरुको उपस्थिती रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१