चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ परशुराम कुण्ड ( गोद्धक धाम) मा पुगेका तिर्थालु तथा भक्तजनहरुका लागि निशुल्क पानी वितरण गरिएको छ ।माडी नगरपालिका वडा नं. १ स्थायी घर भै हाल भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुर बस्दै आएका युवा समाजसेवी प्रकाश रिजालले १२ सय लिटर पिउने पानी वितरण गर्नुभएको हो ।
रामानवमीको अवसरमा नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरुका लागि निशुल्क पिउने पानी वितरण गरिएको उहाँले बताउनुभयो । युवा समाजसेवी रिजाल भरतपुरको गोल्डेन इमिनेन्ट इन्टरनेशनलको प्रवन्ध निर्देशक हुनुहुन्छ ।
पानी वितरण कार्यक्रममा माडी नगरपालिका वडा नं. १ का अध्यक्ष अमित लामा, गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसीङ गुरुङ, नेपाल रेडक्रस सोसाइटी बघौडाका पूर्वअध्यक्ष भागीरथ बस्याल, माडी जेसीज वर्ष २०२३ का भाइस प्रेसीडेन्ट रामबहादुर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
चितवनको भरतपुरमा प्रधान कार्यालय रहेको गोल्डेन इमिनेन्टले काठमान्डौ र बुटवलबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्टले सत्यतथ्य परामर्श दिनुका साथै तथा सहजिकरण गर्दै दक्षिण कोरिया पठाउदै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१