कावासोती । कावासोती नगरपालिका १२ का दुवै मिर्गौला पिडित गणेश सापकोटा लाई नवलपुर समाज दक्षिण कोरीयाले सहयोग हस्तान्तरण गरेको छ । ३६ बर्षीय सापकोटालाई कावासोती १३ का वडाध्यक्ष विनोद कुमार रानाको समन्वय तथा सम्पर्कमा कावासोती ८ निवासी नवलपुर समाज दक्षिण कोरीयाका सचिव हेमराज चापागाईले ५० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् । हस्तारण कार्यक्रम पछि बोल्दै वडाध्यक्ष रानाले नवलपुर समाज दक्षिण कोरीयाको यो समाजीक कार्यक्रप्रति खुसी व्यक्त गर्दै मृगौला पिडित सापकोटाकाृे शृघ्र स्वास्थ्य लाभको कामना गर्दै सापकोटाको उपचारमा सहयोगको लागि सबैमाझ अपिल समेत गरेका छन् ।
बैदेशिक रोजगारको क्रममा साउदीमा रहेका सापकोटा विदेशी भुमिबाटै मृगौला रोगी भएर फर्केका हुन् । करिब ८ महिना अघि नेपाल आएका सापकोटाले सबै नेपालीका माझ सहयोगका लागि अपिल गरेका छन् ।
नवलपुर समाज दक्षिण कोरीया कोरीयामा काम गर्ने नवलपुरेहरुको संगठन हो । सामाजिक सेवामा काम गर्ने उद्धेश्यले स्थापित यस संगठनले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१