नवलपुर । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ३ सालघारीमा टिप्परले च्यापिएर घटना स्थलमै टिप्पर चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङगा लोड गरी आउदै गरेको लु १ क ५२८१ नम्बरको टिप्परको चालकले नियन्त्रण गुमाई टिप्पर सडकदेखि ४० मिटर तल खस्न गएको हो ।
दुर्घटनामा परी टिप्पर चालक नवलपुरको गैडाकोट नगरपालिका १३ बेल्डिहा बस्ने २७ बर्षीय बलिराम महतोको घटना स्थलमै निधन भएको हो ।
टिप्पर भित्रै च्यापिएर रहेको अवस्थाका चालकलाई उद्धार कार्यको लागि जिसीबी सहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सर्दीको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१