नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा २९ वटा प्रहरी युनिटहरु रहेका छन ।नेपाल प्रहरीमा जनशक्ति अभाव त छदै छ ।ठूलो क्षेत्रमा समेत थोरै प्रहरी जनशक्ति परिचालन गर्नु पर्ने अवस्था छ ।भारतीय खुला सिमा सग जोडिएको जिल्ला पश्चिम् नवलपरासीमा जम्मा २९ वटा मात्रै प्रहरी युनिटहरुमा ४६३ मात्रै प्रहरी दरबन्दी रहेको छ ।
पछिल्लो जनगणना अनुसार पश्चिम् नवलपरासीमा सात वटा स्थानिय तहमा ३ लाख ८४ हजार ४ सय ४५ जनसंख्या रहेको छ ।यहाँ प्रहरीको जनशक्ति अनुसार भाग लगाउने हो भने एक जना प्रहरीको जिम्मामा ८ सय नागरिक पर्ने गर्दछन ।संघियता लागू भएसगै पुर्वी र पश्चिम् नवलपरासी जिल्ला टुक्रिदा यहाँ भएका प्रहरी जनशक्तिलाई आधा आधा बिभाजन गरि ब्यवस्थापन गरिएको थियो ।
भारतिय खुला सिमा सग जोडिएको अत्यन्तै संबेदनसिल जिल्लाको रुपमा रहेको यो जिल्लामा प्रहरी दरबन्दी ज्यादै न्यून रहदा अपराध र सिमामा हुने तस्करी नियन्त्रणमा समेत प्रहरीलाई कठिन हुने गरेको छ । एसपिको नेतृत्व रहने अन्य जिल्लामा कम्तिमा ७ देखि ९ सय प्रहरीको दरबन्दी रहनेमा पश्चिम् नवलपरासीमा यति थोरै प्रहरीले मात्र सेवा दिईरहेका छन ।
“हाम्रोमा अहिले ४६३ मात्रै प्रहरी दरवन्दी छ,अन्य जिल्लाका हिसाबले यो ज्यादै न्यून हो ।यति थोरै प्रहरीले सिङ्गो जिल्लानै हेर्नू पर्ने अवस्था छ ।तर पनि हाम्रो सामर्थ्यले भ्याए सम्म हामिले प्रयास गरेका छौ “एसपी काजी कुमार आचार्यले भन्नू भयो ।
जिल्लाको क्षेत्रफल र जनसंख्याको हिसाबले हेर्दा एसपीको नेतृत्वमा रहने प्रहरी जनशक्तिमा देशभरीमै कम प्रहरी जनशक्ति रहको जिल्लामा पश्चिम् नवलपरासी पर्ने एसपी आचार्य बताउनु हुन्छ ।४०/४५ वटा प्रहरी युनिट रहनु पर्नेमा जम्मा २९ वटा मात्रै प्रहरी युनिटले नागरिकलाई सेवा दिन हम्मे हम्मे परेको छ ।
भएका प्रहरी जनशक्तिमा पनि कार्यालयको नियमित कामकाजमा रहनु पर्ने र केही सिमित जनशक्ति मात्र बाडिएर परिचालन गर्नु पर्ने अवस्थाले जिल्लामा थप चुनौती रहेको छ ।
अवैध तस्करी,हत्या हिंसा,बलात्कार जस्ता जघन्य अपराध नियन्त्रणमा प्रहरीको न्यून जनशक्तिले आम नागरिकले समेत समयमै सेवा लिन कठिन अवस्था न आउला भन्ने अवस्था छैन ।सुरक्षा संबेदनसिलताका हिसाबले जिल्लाका विभिन्न ठाउँमा अस्थायी प्रहरी चौकीको माग भएपनी जनशक्ति अभावका कारण प्रहरी पोष्ट स्थापना हुन सकेका छैनन ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडयतले बिगतका तुलनामा युनिटहरुमा प्रहरी जनशक्ति कम भएको बताउनु भयो ।”पहिला एउटा युनिटमा १० जना हुन्थे अहिले ५/६ जना मात्र रहन्छ ।नया जनशक्ति छैनन पुरानै बाट ब्यवस्थापन गर्ने हो।त्यसमा पनि कोहि तालिममा जाने,कोहि बिरामी हुने हुदा भित्र बाटै मिलाउनु पर्ने अवस्था छ”महानिरीक्षक कडायतले रेडियो नेपाल सग भन्नू भयो ।
जिल्लामा महिला प्रहरीको संख्या समेत कम रहेको छ।यहाँ ४५ जना मात्रै महिला प्रहरी कार्यरत रहेका छन ।
अन्य जिल्लाको तुलनामा पश्चिम् नवलपरासी भारतीय दक्षिणी सिमा सग जोडिएकाले विभिन्न अपराधिक गतिविधिहरु बढी हुने गर्दछ्न यसर्थ पनि यो जिल्ला सुरक्षाका हिसाबले संबेदनसिल मानिने गरिन्छ ।यहाँका राजनीतिक दल नेतृत्व र सम्बन्धित सरोकारवालाहरुले यसतर्फ खासै चासो राखेर पहल गरेको भने देखिँदैन । रेडियो नेपाल
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१