काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले आज निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ ।
कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।
कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१