काठमाडौं । नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।
यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ । ‘जनतामा आधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा कस्तो ढाँचाबाट व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गर्नेछौं’ पोखरेलले भने ।
गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१