कावासोती । बाग्मती प्रदेश सभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ निवर्तमान केन्द्रिय अध्यक्ष भारती पाठक तीन तहको सरकारबिच तालमेल नमिल्दा सामुदायिक वन मारमा परेको बताएकी छिन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वस्थित देवचुली नगरपालिकामा आयोजित सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पाठकले उक्त कुरा बताएकी हुन् ।
संघिय वन ऐन २०७६,संघिय आर्थिक ऐन र प्रदेश वन ऐन मा सामुदायिक वनमा फरक फरक राजश्व निर्धारण हुँदा सामुदायिक वनहरु मरमा परेको उनको भनाई छ । साथै उनले स्थानीय तहको सिफारिसविना सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदा थप समस्या हुने गरेको बताएकी छन् । स्थानीय सरकार र डिभिजन वन कार्यालयले संयुक्त रुपमा कार्ययोजना निर्माण र परिमार्जनमा सहभागिता भए वन र स्थानीय क्षेत्रको विकासमा एकरुपता आउने उनको भनाई छ ।
कार्यक्रममा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवरीले सामुदायिक वनहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर नदिँदा महालेखा परिक्षण प्रतिवेदनमा पालिकालाई बेरुजुमा राखेको बताएकी छिन् । प्रदेश सरकारले ताकेता गरेपछि तुरुन्तै कर तिर्ने तर स्थानीय क्षेत्रमै रहेको सरकारलाई कर नतिर्दा पालिका विकासमा समेत व्यवधान पुगेको बताइन् । साथै उनले पालिका भित्र रहेका सबै सामुदायिक वनलाई स्थानीय सरकारमा कर तिर्न अपलि गरेकी छन् ।कार्यक्रममा ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले सामुदायिक वन र वनमा उत्पादित गैर काष्ठ वन पैदावारलाई उद्यममा जोड्न सके समुदायको विकास र रोजगारीमा टेवा पुग्ने बताएका छन् । साथै उनले सामुदायिक वनलाई डिजिटल प्रणालीमा विकास गर्न सके कार्यालय सञ्चालनमा समेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा पारिवारिक नीजि वन संघ नवलपुरका अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका निवर्तमान कोषाध्यक्ष होमनाथ पाण्डेले वन कार्यालय संघियता अनुसार चल्न नसक्दा आम उपभोक्तालाई समस्या भएको बताएका छन् ।
सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्र्तक्रिया कार्यक्रम ग्रिन फाउण्डेशन नेपालको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा भएको थियो । कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालको कार्यक्रम अधिकृत प्रकृति भुसाल र डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१