कावासोती । नवलपुरको देवचुलीमा रहेको जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेको खुलेको छ ।
सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलका अनुसार बालिकाकी बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरि अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१