नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकाल उपर घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
अमिन ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले चार हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा गत ११ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा अमिन ढकालले सेवाग्राहीसँग घुस लिएको पुष्टी भएकोले आरोप–पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको भनि सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१