कावासोति । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखा नवलपुरले अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । माघ २२ गते चौतारीको २६ औँ स्थापना दिवसमा नवलपुरको बिकास सम्भावना विषयमा अन्तर्क्रिया कार्यक्रम हुने जिल्ला अध्यक्ष सालिकराम कोइरालाले बताउनुभयो ।
नवलपुरको समग्र विकासको सन्दर्भमा उक्त दिन कार्यपत्र प्रस्तुति सहित छलफल हुने उहाँले बताउनुभयो । बैठकले पत्रकार महासंघको सदस्यताको सन्दर्भमा प्रदेश र केन्द्रीय कमिटीको निर्णय अनुसार कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बैठक चौतारी जिल्ला अध्यक्ष कोइरालाको अध्यक्षता, पार्टी प्रचार विभाग प्रमुख एवम् चौतारी इञ्चार्ज सागर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको हो । बैठकमा चौतारी केन्द्रीय सदस्य हिमालदेव पंगेनी, केन्द्रीय आयोग सदस्य राजेश सोनामको आतिथ्यता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१