काठमाडौँ । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।
उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् :
प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।
माफी माग्दै लाम्बाले लेखेकी छिन्ः
मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।
भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।
उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।
उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१