काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिँदा न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो ।
यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो । यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।
आइतबार दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ । प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१