गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ को नारायणी नदी क्षेत्रमा किसानहरुले आफ्नो बारीमा लगाएको खाद्य बालीमा जंगली जनावरले पटक पटक क्षति पुर्याएपछि सोको नियन्त्रणका लागि मेसजाली लगाइएको छ ।
गैँडाकोट नगरपालिका वडा नं ६ र ७ को सिमनामा पर्ने सृजनशिल आधारभूत विद्यालयदेखि नमूना बोटेटोल सम्मको ८५० मिटर क्षेत्रमा मेसजाली लगाइएको गैँडाकोट नगरपालिका वडा नं ६ का अध्यक्ष सुभाष चापागाइले जानकारी दिए ।
हरेक वर्ष किसानहरुले लगाएको बालीमा जंगली जनाबरहरुले क्षति पुराउदै आएपछि त्यसको नियन्त्रणका लागि मेसजाली लगाइएको चापागाइले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका नगरकार्यपालिकाको बैठकबाट विनियोजन गरिएको १० लाख रुपैँयाको लागतमा मेसजाली लगाउने काम भएको हो ।
नारायणी नदी पार गरेर चितवनतर्फको ज्ञानेश्वर सामुदायिक वनक्षेत्रबाट गैँडाकोट प्रवेश गर्ने जंगली जनावरले हरेक वर्ष किसानहरुले लगाएको बालीमा क्षति पुर्याउँदै आएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१