कावासोती । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएकी छन् । जिल्लाको गैडाकोट नगरपालिका २ श्रीनगर टोल बस्ने बर्ष ८० की गंगादेबी पौडेल आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीको अनुसार बुधबार बिहान ९ बजेको समयमा आगो ताप्ने क्रममा शरिरको कपडामा आगो सल्कन जाँदा पौडेल घाइते भएको थिइन् ।
घाईते पौडेलको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । बाँया हात खुट्टा र कोखमा गरी पौडेलको शरिर ३० % जलेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१