नवलपुर । नेपालगञ्जबाट काठमाडौं जादै गरेको बस नवलपुरमा दुर्घटना भएको छ। देवचुली- १४ , मा नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ४१२८ नं.को यात्रुवाहक बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हाे। बसमा ४० जना यात्रु सवार रहेकोमा केही घाइते भएकाछन्।
प्रहरीका अनुसार महोतरी जलेश्वर न.पा.-१ बस्ने बर्ष २५ का शनि पाण्डे, नुवाकोट विदुर न.पा.-९ बस्ने बर्ष ३० की कृतिका शाही, जुम्ला जननाथ न.पा.-९ बस्ने बर्ष २३ की अनिता नेपाली र बर्दिया बारबर्दिया न.पा.-५ बस्ने बर्ष ३२ का सुदिप के.सी. घाइते भएकाछन्। बस विहान करिब ५ बजे दुर्घटनामा परेको हाे।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१