कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ४ सिद्रे खोलामा अवैद्य रुपमा उत्खनन गर्दै गर्दा तीन वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार खोलाबाट अवैद्य रुपमा माटो निकालिरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले ना ७ ख १९७० , लु २ ख ४७५४ र ना ७ ख ४३०५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।
उक्त माटो पिआर कन्ट्रक्सनले होङसी सिमेन्ट उद्योगलाई सप्लाइ गरिरहेको प्रहरी नायब उपरीक्षक साजन शर्माले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएका टिप्परलाई इलाका प्रहरी कार्यालय दुुम्किवासमा राखेर अनुसन्धान भइरहेको शर्माले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१