कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुप्सेकोट २ कोलिया बस्ने बर्ष ४१ को धनबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कावासोती नगरपालिका ८ खर्कट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको बागमती प्र.०१–०२९ च ०२४८ नं को कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्र.०३–०४ प १९५८ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक सार्कीको उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । मोटरसाइकल पछाडि सवार हुप्सेकोट गा पा.१ बस्ने बर्ष २८ की बिनु गुरुङ शरीरको बिभिन्न भागमा चोट लागेकाले मध्यबिन्दु जिल्लाअस्पताल डण्डामा उपचार भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१