गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
आज अपरान्ह साढे १२ बजे भएको सो दुर्घटनामा परी कास्की माछापुच्छ्रे गाउँपालिका ४ का २२ वर्षिय बल बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए । छाति र खुट्टामा गम्भीर चोट लागेका शाहीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा दिउँसो करिब सवा १ बजे मृत्यु भएको प्रहरी भनाई छ । दुबै सवारी साधन र ट्रक एवं चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१