
नीतिगतरुपमा वडाबाट नून वितरणको प्रावधान भए आफूहरु वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।बैठकमा उठेका प्रश्न तथा गुनासोबारे आफू जानकार भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले जिल्लामा २०६८ सालको जनसङ्ख्यालाई आधार मानेर प्रति व्यक्ति पाँच पाकेटका हिसाबले कोटा निर्धारण गरी नून उपलब्ध हुँदै आएको जानकारी दिए ।‘नूनको कोटा २०६८ को जनगणना अनुसार छ । सरकारले २०७८ को जनगणना अनुसार कोटा निर्धारण गर्नुपर्छ । कोटा पुरानो, जनसङ्ख्या नयाँ भएकाले पनि थप समस्या भएको हो’, प्रजिअ केसीले भने, ‘पहिला जिल्लामा कम जनसङ्ख्या थियो, अहिले बढे्को छ । बढे्को जनसङ्ख्याका आधारमा नूनको कोटा निर्धारण हुनु पर्दछ ।’केसीका अनुसार २०७८ को जनगणना अनुसार जिल्लाका लागि नूनको कोटा निर्धारण गर्न मन्त्रालय र साल्टट्रेडिङ कर्पोरेसनलाई अनुरोध गर्दै सर्वपक्षीय बैठकबाट निर्णय गरेर पठाउन सर्वपक्षीय बैठकको आयोजना गरिएको हो । सरकारले जिल्लाका लागि दुई हजार नौ सय ७० क्विन्टल नून वार्षिक कोटा छुट्याउँदै आएको छ ।

पालिका अनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक एक हजार सात सय ७० क्विन्टल र मुगुम कार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि एक हजार दुई सय क्विन्टल नून वार्षिक कोटा छुट्याइको प्रजिअ केसीले जानकारी दिए ।उनका अनुसार २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५ हजार दुई सय ८६ थियो भने २०७८ अनुसार जनसङ्ख्या बढेर ६४ हजार पाँच सय ४९ पुगेको छ ।