पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो । ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१