नवलपरासी।विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।प्रकृति संरक्षणका लागी अन्तर्राष्ट्रिय सङ्घ (आईयूसीएन)ले समेत खतरामा परेका प्रजातिहरूको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नेचर गाइड मान चौधरीले शनिवार फेला पारेको जानकारी दिए ।
नेपालमा बैकल गैरी चरा ठुला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डीबी चौधरीले बताए ।
जाडो मौसममा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको चौधरीको भनाई छ । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यति बेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका हुन्छन् ।यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी आउने गरेका छन् भने जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना पनि गर्ने गरिन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१