
अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।नासोका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि माथि वायुमण्डलमा देखिनेछन् ।पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भन्ने गरिन्छ ।