हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकरी प्रहार गरेका छन् । बकैया ९ भुर्तेलडाँडा बस्ने अन्दाजी २२ वर्षीय संजिव थिङले आफ्नै पेटमा खुकरी प्रहार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले आफ्नै घर भित्र आफ्नै पेटमा खुकुरी प्रहार गरेका संजिवको गम्भीर अवस्थामा उद्धार गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।
प्रहरीका अनुासर गम्भीर घाइते संजिवलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएपनि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।
तर, खुकुरी प्रहार गर्नुको कारण हालसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१