नवलपरासी,पश्चिम् ।पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किदा १०जना मजदुर घाइते भएका छन् । बर्दघाट १२ स्थित भटौलियामा कजरिया टायल्स् उद्योगको निर्माणाधीन ट्रष्ट भत्किएको हो । घाइते सबै भारतीय मजदुर रहेको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।उनीहरूको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको हुन सक्ने अस्पतालले जनाएको बोहोराले बताउनु भयो ।
छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट भत्किएको बताइएको छ ।बिस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ । सबै मजदुर भारतीय रहेको जनाइएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१