काठमाडौँ। नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै सवै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको जनाएका छन् । जसमा नवलपुरका युवा नेता मदन गिरीलाई गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिएको छ । युवा संघले आगामी पौष २१ गते देखी लगातार सात प्रदेशमा सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१