विराटनगर।टिपरको ब्रेक फेल भइ दुर्घटना हुँदा कोसी राजमार्ग हिजो (शनिबार) साँझदेखि अवरुद्ध भएको छ । बेलुका करिब ८ बजे साँगुरीगढी गाउँपालिका–६, कोलवोटेमा एउटा टिपर ब्रेक फेल भइ अरु सवारी साधनलाई समेत ठक्कर दिदाँ धरान–धनकुटा सडक अवरुद्ध भएको हो ।दुर्घटनामा टिपरका सहचालक सिरहाका दीपेन्द्र कुसियत घाइते छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएअनुसार प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भइ अर्को सवारी साधनलाई ठक्कर दिएको थियो । टिपर सडक छेउमा पल्टिँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको हो । हाल अवरुद्ध राजमार्गको सडकखण्ड खुलाउने प्रयास सुरु भएको छ ।
दुर्घटनामा टिपरका सहचालक सिरहाका दीपेन्द्र कुसियत घाइते छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएअनुसार प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भइ अर्को सवारी साधनलाई ठक्कर दिएको थियो । टिपर सडक छेउमा पल्टिँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको हो । हाल अवरुद्ध राजमार्गको सडकखण्ड खुलाउने प्रयास सुरु भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१