रूपन्देही ।रूपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटासहित दुईजनाको मृत्यु भएको छ । लु. ४९ प २२३० नम्बरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ना. ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिदाँ उनीहरुको मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलमा देवकोटासँगै रहेकी तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकारसमेत थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१