काठमाडौं।नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएकालाई १ करोड रूपैँया बराबरको राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । पार्टीको समाजिक सेवा केन्द्रले भूकम्पपीडितका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो ।केन्द्रका प्रमुख एवं एमाले केन्द्रीय सदस्य मोतीलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विपत्तिमा परेकालाई सहयोग गर्न केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको छ ।
दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा किनिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१