कावासोती । नवलपुरको कावासोतीमा राहत सामाग्री भण्डारण केन्द्रको भवन निर्माण गरिएको छ । नेपाल रेडक्रश उपशाखा कावासोतीको कार्यालय परिषरमा भवन निर्माण गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले विपद व्यवस्थापनको राहत सामाग्रि भण्डारण गर्न उक्त्त भवन निर्माण गरेको हो । जिल्लामा भईपरि आउने विपदका वेला समयमा राहत सामाग्रि पुर्याउन सकियोस भन्ने उदेश्यले भवन निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीका सभापति ऋषीराम कंडेलले बताए ।
भण्डार केन्द्रमा त्रिपाल,कम्मल,भा“डाकुडा,कपडा र खाद्यान्न सामाग्रि र विपदका समयमा उद्धारका लागि प्रयोग हुने औजारहरु समेत राखिने सभापति कंडेलले जानकारी दिए ।
तीन कोठा बराबरको पक्कि ,टिनले छाएको भवन निर्माण गरिएको हो । करिब चार लाख २५ हजार रुपैयाको लागतमा भण्डारण कक्ष निर्माण गरिएको हो ।
भवन निर्माणका लागि कावासोती नगरपालिकाले दुई लाख रुपैया प्रदान गरेको थियो । अन्य रकम भने विभिन्न सहयोगि दाता तथा संस्थाबाट संकलन गरिएको जनाईएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१