कावासोती । पोखरामा जारी प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुर आईपिएफ तेक्वान्दो संघ ले ४ वटा स्वर्ण जितेका छ । फाल्गुन ४ गते देखि पोखरामा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय छनौट प्रतियोगितामा नवलपुरले तेक्वान्दो तर्फ ४ वटा स्वर्ण हात पार्न सफल भएको नवलपुर आई पिएफ तेक्वान्दो संघका अध्यक्ष विर कुवरले बताए । यसैगरी प्रतियोगितामा ४ वटा स्वर्णका साथै १ ओटा रजत पदक र ५ वटा कास्य पदक जितेका छन् । नवलपुरका लागि शाहिल गुरुंगले ७०/७५ तौलमा र गोविन्द बहादुर महत्ताले ७५ /८० किलो तौलमा स्वर्ण पदक प्राप्त गरेका छन् । त्यसैगरी महिला तर्फ गोमा थारुले ५०/५५ किलो तौलमा र लिला कुमारी महत्तोले ६०/६५ केजी तौलमा स्वर्ण पदक जितेका हुन । यस्तै विशाल पाण्डेले ५०/५५ केजी तौलमा रजत पदक जितेका छन् भने आशिष गुरुंगले ४५ /५० ,सागर कुमालले ५५ /६० ,शेर बहादुरले ६५/७० ,आयुषा घलेले ४५ /५० ,सोफिया गुरुंगले ५५ /६० केजी तौलमा कास्य पदक हात पार्न सफल भएको अध्यक्ष विर कुवरले बताए । प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जितेका खेलाडीहरु नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागी हुन पाउने छन् । छनौट चरणमा अहिले टेबलटेनिस, हेण्डबल, आइटिएफ, फुटबल, भविबल, क्रिकेट लगायतका खेलहरुको छनौट चरण चलिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१