बिबेक भण्डारी
कावासोती । आज (शुक्रबार) देखि पूर्बि नवलपरासी नवलपुरको देबचुलीमा होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । सोही अवसरमा देशभरीका होमस्टे संञ्चालकहरुले होमस्टेलाई राज्यले वास्ता नगर्दा होमस्टेले सोचे जति पर्यटन प्रबद्धन गर्न नसकेको गुनासो गरेका छन । राष्ट्रिय सम्मेलनमा भाग लिन आएका होमस्टे व्यवशायिहरुले यस्तो गुनासो गरेका हुन् ।
देशमा आर्थिक विकास गर्न पर्यटन प्रबद्धनका धेरै कार्यहरु गरे पनि होमस्टेलाई भने आवश्यक दृष्टि पुर्याउन नसक्दा अझै पनि त्यति चर्चा नपाएको उनिहरुको भनाइ छ । देशभरबाट शुक्रवार नवलपुरमा भेला भएका होमस्टे व्यवशायिहरुले राज्यले होमस्टेको विकासमा चासो दिए देशमा अझै होमस्टेहरु संञ्चालनमा आउने र सोहि अनुसार पर्यटन विकास हुने बताएका छन् । सम्मेलनको उपप्रधानमन्त्री एवम रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाट गरेका थिए । तिन दिन सम्म चल्ने सम्मेलनमा नेपाल भरिका ४ सय ५२ जना होमस्टे संञ्चालक एवं प्रतिनिधिको सभागिता रहेको नेपाल होमस्टे एशोसिएसन नेपालका अध्यक्ष भिम बहादुर केसीले जानकारी दिए । नेपालमा हाल सम्म १सय ५९ सामुदायिक , १ सय १६ निजि होमस्टे रहेका छन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१