काठमाडौं,जेठ २-
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरेर काम गर्न निर्देशन दिइएको जानकारी दिए ।उनले अहिले प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको पनि बताए । अब भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने उनको भनाइ छ । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।
नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको रूपमा विदेश पठाउने र त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकाकर, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मुल स्प्रिडलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ,उनले भने । मन्त्ती श्रेष्ठले अनुसन्धानलाई टुंगोमा पुर्याएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१