काठमाडौं, जेठ २-
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवा र नेतृ एवम् सांसद मन्जु खाणमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतलाई शरणार्थी प्रकरणमा मुछिएका पार्टी केन्द्रीय सदस्य र मञ्जु खाणको अवस्था के हो? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिए ।उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’
आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।उनले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्र्षण भएको छ । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१