२० वैशाख, काठमाडौं। सत्तारूढ नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक प्रधमानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बोलाइन्थ्यो।बालुवाटारमै बस्नेगरी बोलाइएको यो पहिलो बैठक हो। पदाधिकारी बैठक बालुवाटारमै बोलाउनुको कारणबारे भने माओवादी नेताहरुले अनविज्ञता जनाएका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१