ज्ञानु पंगेनी
कावासोती । नवलपुरमा छ महिनाको अवधीमा सवारी दुर्घटनामा परि ५३ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा अधिकाशं पुरुष छन । ४१ जना पुरुषले ज्यान गुमाएका छन भने महिलाको संख्या सात रहेको छ । पा“च जना बालबालिका छन । चालु आर्थिक वर्षको श्रावण महिनामा ७ जना , भदौमा ४ जना , असोजमा १३ जना , कात्तिकमा १६ जना , मंसिरमा ६ जना र पुसमा ७ जनाको ज्यान गएको छ । छ महिनामा घाईते हुनेको संख्या १ सय ८० रहेको छ । जसमध्ये ५९ जना गम्भिर घाईते भएका छन ।
छ महिनामा सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा परको छ भने अधिकाशं मोटरसाईकलमा सवार किशोर अवस्थाका पुरुषले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका पदम बड्ुले जानकारी दिए । छ महिनामा १ सय २० वटा सवारी साधन सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क छ । सबैभन्दा बढि मोटरसाईकल दुर्घटनामा परेको छ । दुर्घटनामा परेको मोटरसाईकलको संख्या ५२ छ भने त्यसपछि ट्रक र ट्याङ्कर १७ वटा दुर्घटनामा परेको छ भने बस १५ वटा दुर्घटनमा परेको छ ।
गण्डकी प्रदशमा सबैभन्दा बढि दुर्घटनमा हुने जिल्ला नै नवलपुर हो । ७७ किलोमिटर लामो राजमार्ग छुने भएकाले पनि यहा सबैभन्दा बढि दुर्घटनामा हुने गरेको ट्राफिक कार्यालय प्रमुख युवराज भण्डारी बताउछन । दाउन्नेको सडक धेरै घुमाउरो र अप्ठेरो हुन पनि यहा दुर्घटना बढि हुने अर्को कारण हो । यस्तै चालकको लापवाहिले गर्दा समेत पछिल्लो समय दुर्घटनामा वृद्धि भएको भण्डारीको भनाई छ । यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको छ महिनामा ४७ लाख ३० हजार रुपैया राजश्व संकलन गरेको छ । ७ हजार ८ सय ५२ वटा सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै ट्रक कारवाहिमा परेका छन । त्यसपछि मोटरसाईकल कारवाहिमा परेको छ । मोटरसाईकलबाट सबैभन्दा बढि १६ लाख ४८ हजार ५ सय रुपैया राजशव संकलन भएको छ भने ट्रकबाट १६ लाख ३४ हजार ५ सय रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१