बर्दघाट । बर्दघाट बरुवा हुदै त्रिवेणी जाने सडकखण्डमा संचालन हुने सवारीसाधनहरुले बढि भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् । पहिला कच्चि बाटो हुंदा लाग्ने भाडा बाटो पुर्ण रुपमा पिच भैसक्दा पनि भाडा नघटाएको यात्रुहरुको भनाईछ । आफुहरुले पटक पटक अनुरोध गर्दा पनि गाडिवालाले भाडा समायोजन नगरेको भन्दै सो सडक भएर यात्रा गर्ने यात्रुले गुनासो गरेका हुन । बर्दघाट देखि महलबारी करिव १५ किलोमिटर पक्की सडकमा यात्रुले ७० रुपैयां भाडा तिर्न बाध्य भएका छन् । उता बर्दघाट गोपिगञ्ज ,बेलाटारी हुदै कुडिया सम्म यात्रा गर्ने यात्रुले भने करिव १९ किलोमिटर दुरीमा ६० रुपैया भाडा तिर्ने गरेका छन् । करिव ४ किलोमिटर दुरी कम पर्दा उल्टै १० रुपैयां गाडिभाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको भनाई छ ।
भाडा दर महङ्गो हुंदा दैनिक रुपमा आवतजावत गर्ने यात्रुहरुलाई निकै मर्का पर्ने गरेको छ । आफुहरुले पटक पटक गाडिवाला संग भाडा घटाउनका लागि आग्रह गरे पनि भाडा नघटाउदा आफुहरु मर्कामा परेको भन्दै महलबारीका स्थानियले उचित भाडादर कायम गर्नका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । सडक पूर्ण रुपमा पक्कि भैसकेपछि पनि कच्चि सरह भाडा अठाउन जायज नहुने स्थानिय राम किसुन महतोले बताए ।
स्थानियले तत्काल भाडा समायोजन नभए संघर्षमा उत्रिने बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१