ज्ञानु पंगेनी
कावासोती । कावासोती नगरपालिकाको दमकल र यात्रु वहाक बस ठक्कर खादा २७ जना घाईते भएका छन । घाईते मध्ये सात जनाको अवस्था गम्भिर हरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व मध्यविन्दु १५ मा पर्ने अरुणखोला र चोरमारा बिच जंगलमा बुधवार विहान साढे सात बजेको समयमा काठमाण्ढौबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको यात्रुवहाब बस र दाउन्नेबाट कावासोती आउदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । गम्भिर घाईते सात जनाको भरतपुरमा उपचार भईरहेको र अन्य २० जनाको मनकामना पोलिक्लिनीक अरुणखोलामा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक लामिछानेले बताएका छन । दमकलमा ६ जना सवार रहेका मध्ये दुई जना घाईते भएका छन । अन्य बसमा सवार हुन । वर्षाका कारण दाउन्नेमा पहिरो खसेको थियो । पहिरोले बाटो चिप्लो बनाएपछि पखाल्नलाई दमकल पुगेको थियो । बाटो पखालेर फर्कदै गर्दा दुर्घटनामा परेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१