खेमनारायण महतो
कावासोती । सुन्दरी सामुदायिक वनको वन कार्ययोजना संशोधन समितिले सोमबार सरोकारवालाहरु सँग छलफल गरेको छ । पुर्व अध्यक्ष तथा सल्लाहकार ठाकुर पाण्डेको संयोजकत्वमा गठन गरिएको सुन्दरी सामुदायिक वनको वन कार्ययोजना संशोधन समितिले विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा कार्यसमिति र उपभोक्ताहरु बिच छलफल संचालन गरेको हो ।
छलफलमा स्थानीय जनसमुदायको भावना, माग, धार्मिक, सास्कृतिक र वातावरणीय पक्षलाई ध्यानमा राखि दिगो वन व्यवस्थापनको लागि राष्ट्रिय वन प्रमाणिकरणका सिद्धान्तहरुको विषयमा छलफल भएको थियो । सोहि सिद्धान्त अनुसार नै आगामी १० वर्षको लागि कार्ययोजना संशोधन हुने बारेमा संयोजक पाण्डेले बताए ।
कार्यक्रममा संघिय वन मन्त्रालयका सहसचिव डा. शिन्धु ढुङ्गाना, चुरे, तराई मधेस विकास समितिबाट श्याम लोप्चन, फरेश्ट्याक्सन नेपालबाट डा. नयाँ शर्मा सहिजकरणको लागि एन्साव नेपालका दिपराज भुसाल लगायत सुन्दरी सामुदायिक वनका पुर्व अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिको पदाधिकारी, कर्मचारी र उपभोक्ता हरुको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१