नारायण प्रभु
कावासोती । पूर्बि नवलपरासीको कावासोती ६ बिष्णुनगरका टेकप्रसाद न्यौपानेले आफ्ना पिता हुमप्रसाद न्यौपानेको तुलादान गर्दा चढेको सम्पुर्ण रकम तेह्र हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् । आइतवार आफ्नै निवास कावासोति ६ बिष्णुनगरमा भएको पिताको चौरासी पुजाको कार्यक्रममा उनले उक्त रकम सोही वडाको जनता माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको घोषणा गरेका हुन् । ८४ वर्षका पिताको चौरासी पुजा गर्न पाउनु आफ्नो अहोभाग्य रहेको र सोही अवसरमा पिताको तुलादानमा चढेको रकम विद्यालयमा हस्तान्तरण गर्न पाउदा आफु खुसि भएको टेकप्रसाद न्यौपानेले बताए । तुलादानको पैसा प्राय आफन्तलाई बाड्ने चलन रहेपनि आफुले त्यो चलन हटाएर सामाजिक कार्यमा हात बढाउन बिद्यालयलाई हस्तान्तरण गर्न पाउँदा आफू साह्रै भाग्यमानी भएको न्यौपाने बताए । जनता माध्यमिक बिद्यालयमा यहि माघ २३ गते बाट प्राविधिक शिक्षा संचालन गर्न धनधान्यान्चल महायज्ञको आयोजना गरिदै छ । त्यसैको पुर्व सन्ध्यामा न्यौपानेले उक्त रकम सोही कार्यक्रमका बिच बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झबिन्द्र काफ्लेलाई हस्तान्तरण गरेका हुन् । काफ्लेले बालबालिकाको प्राविधिक शिक्षा अध्ययनको लागि न्यौपाने परिवारले गरेको महान कार्यको खुलेर प्रशंसा गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१