– ठाकुर प्रसाद पाण्डे
म बाटोमा एक्लै हिडिरहेको थिए, बाटोको दायाबाया बाक्लो घरहरु थिए । त्यहि घनावस्तीको बिचमा अलि अगाडी मानिस चिच्याएको आवाज रोएको, कराएको, आवाज आयो अगाडी बढदै गर्द रोएकोलाई अरुले सम्झाउदै थिए । हामीले सबै उपाए गयौ सकिएन उसको आज सम्मको मात्र यो पृथ्वीमा रहनु रहेछ । अव के गर्ने नहुनु थियो भयो, उसलाई यहि दुर्घटनाको कारणले उसको मृत्यु लेखेकोले हामीले टार्न सकिएन भनेर सम्झाउने काम धेरैको सहभागीता थियो ।
पृथ्वीमा प्राणी जगतको मृत्युको कारण कुनै रोग, भोक, बिरामी, दुर्घटना, भवितव्य, आत्महत्या लगायत सम्पूर्ण मृत्युको कारण नै होइन यि सबै मृत्युको प्रक्रिया हो । मृत्युको मुलकारण जन्म नै हो जन्मको दिन नै उसले मृत्यु निश्चित थियो । जन्म भएकोले उसलाई त्यहि जन्मेको कारणले मृत्यु हुनु पर्दछ । जुन स्वास्त सत्य पनि हो । जसरी बिजुलीको करेन्टलाई छोड्न तार, चिमको आवश्यकता पर्दछ त्यसरी नै प्राणी जगतको प्राणवायुलाई अदृश्य बनाउन भौतिक शरीर हुन्छ अन्तमा प्राण गएपछि भौतिक शरीरको पनि पाचतत्वमा समाहित हुन्छ । त्यस्तै गरी करेन्ट गएपछिको चिम र तारको पनि कुनै महत्व हुदैन । यहि प्रक्रिया प्राणी जगतमा पनि कायम रहन्छ । जसरी जन्मलाई सहज रुपमा लिइन्छ त्यसरी मृत्युलाई पनि सहज लिनलाई सहज छैन । तर दार्शनिक शुकरातलाई मार्नको लागि हेम्लक नामको विष खुवाउने निर्णय भएपछि उनलाई सुनाइयो । सहरभरी हल्ला गरियो कि शुकरातलाई आज हेम्लक विष खुवाएर मारीदै छ भनेर सो कुरा सुनेपछि उनका शिष्य पनि उनलाई अन्तिम पटक भएपनि भेट्न भनेर बढो दुःखी हुदै रुदै आएका थिए । शुकरात भने बडो आनन्दसँग निदाएका थिए निकै समयपछि व्युझिए शिष्यहरुले सोधे गुरु अब तपाईलाई मार्ने समय भयो तपाई बडो निश्चिन्त निदाईरहनु भएको छ ? भनेर जिज्ञासा राख्दा शुकरात भन्छन आज सम्म अरु धेरै कुराबाट आनन्द लिए, खानाबाट, दृश्यबाट, प्रवचनबाट मेरा शिष्यहरुबाट अब मृत्युको आनन्द अनुभुति पछि गर्न पाउदिन तसर्थ यसलाई पनि सहजसँग रमाइलो मान्दै, सिक्दै अनुभव लिदै यो भौतिक शरिरको अन्त्य हुन्छ । मेरो शरीरको अन्त्य जन्मदाको छिनमानै निश्चित गरेर आएकोले खास आज दुःख मान्नु पर्ने कुनै कारण छैन यो पूर्व निर्धारित कार्यक्रम हो मात्र प्रक्रिया, विधि कसरी हुन्छ ? भन्नेमा एकिन थिएन त्यो पनि भएपछि म आनन्दसँग निदाएको छु । पृथ्वीको प्राणीहरुको सबैको यहि बाटो हो यहि गति हो तसर्थ यसलाई सहज ग्रहण गर्नु नै उत्तम कार्य हो भनेर उपदेश दिएका थिए ।
हामीले जिवनमा धेरै खालका सुख, सुविधा, आनन्द मनोरञ्जन गरी बिताएको अवस्थामा मृत्युको विषय निकै पिडादायक, हुने कुराले सहजसँग ग्रहण गर्न सकिदैन तर त्यसलाई नर्कान असम्भव भएकोले यसबाट भयभित हुन हुदैन । जिवनको लागि एउटा अकाट्य समय हो । नजन्मनु नै मृत्युबाट उम्कन सक्नु नै एक उक्तम उपाए हो । तसर्थ जन्माउनु र जन्मनुसँगको सम्वन्धबाट नै मृत्युको भय सँगै हुने भएकोले यसको अरु कारणमा बहस गर्नु निरर्थक बहस हो । मृत्यु सत्य समस्या हो भने त्यसलाई सान्तवनाको माध्यमबाट अल्पकालिन धर्यताको लागि दिइने झुट हो । जसले मानिसलाई सत्यबाट टाढा राख्छ र सान्तवना माध्यमबाट आस्वस्त पार्ने काम गरिन्छ तसर्थ सत्यलाई छोपेर सान्त्वनाले समस्याको दिर्घकालिन समाधान गर्दैन । दुनियाले सत्य खोजेको छ तर हामी केवल सान्तवना बाडदछौ । रुनु छ भने रोयरै सत्यको बाटोमा लाग तर कृतिम हासोले रोएको समस्यालाई किनारा लगाउदैन । हास्नु छ भने अन्तरमनबाट हास केवल बाहिरी हासोले आन्तरिक खुसी दिन सक्दैन तसर्थ सत्य जे हो त्यसतिर मात्र समर्पित गर सान्त्वनाको क्षणिकतालाई स्विकार नगर । जुन अवस्थायी र क्षणिक हुन्छ । सत्य पत्ता लागेपछि खिन्नताले झनबढि ग्लानी पैदा गर्दछ । वास्तविकता र यथार्थलाई समयमै स्विकार गर्नु पछि सम्मको लागि दिगो शान्ती हो हामी हाम्रा हरेक कुरामा सत्यलाई छिपाएर सान्त्वना बाड्ने प्रवृति नै हामी र हाम्रा लागि अल्पज्ञान सावित हुदै गएको छ । कसैले तिमीलाई मुक्ति दिन सक्दैन केवल तिमी स्वयमले आफुलाई मुक्त गर्न सक्छौ । तसर्थ कुने तिर्थ, मन्दिर, मस्जिद गएर तिमीले मुक्ति प्राप्त गर्न सक्दैनौ तिमी आपैmबाट मुक्तिको ढोका खोल्नु पर्दछ । गौतम वुद्धलाई अरु कसैले मुक्ति दिएको होइन उनी स्वयमको कठोर तपस्या ध्यानबाट मात्र मुक्ति प्राप्त गरेका हुन । त्यसकारण सत्य तिमीसँग छ तर सत्यलाई छोपेर सान्त्वनाको मार्ग पछयाउदै छौ । हाम्रो जिवनमा आÇनो क्षमता र आवश्यकता भन्दा अधिक सुख र महत्वकाक्षाको तृष्णाले कहिले काहि जिवनलाई थप कठिन र संकटपूर्ण अवस्थामा पु¥याउदा निराशापूर्ण जिवन हुन सक्छ । यसका लागि जिवनशैलीलाई साधारण तथा क्षमताको आधारमा मुल्याड्ढन गरी संचालन गर्नु सान्र्दभिक हुन्छ । मैले भन्न खोजेको आत्माको अमरत्वको सिद्धान्त मृत्यु देखि डराउने मानिसको सिद्धान्त हो ।
यसरी के प्रष्ट हुन्छ भने अब मैले शंकराचार्य तेत्तिस वर्षको उमेरमा किन मरे भनेर बुझ्नु पर्ने छ । त्यस्तै विवेकानन्द छत्तिस वर्षको उमेरमा मर्नुको अरु कुनै कारण थियो ? तसर्थ जिवन र मृत्यु एक सिक्काको दुईपाटा हुन जुन एउटा पाटो हेर्दा अभैm पनि सँगै हुन्छ हेर्नको लागि फर्काउनु पर्छ या अवस्था फरक हुन्छ । तसर्थ मानिस जिवन बचाउनलाई अनेकौ उपाए अपनाउन बाकी राख्नु् हुदैन चाहे त्यो आर्थिकले, समयले, शब्दले वा सेवाले जुन कुनै पनि जिवन बचाउनको लागि मुल्य चुकाउन पछि पर्न हुदैन । व्यक्ति समाज, इष्टमित्र साथीभाई संघसंस्था लगायतको प्रयास अन्तिम समय सम्म कायम राख्नु पर्दछ अनेकौ प्रयास गर्दा पनि जिवन बचाउन नसकेमा मृत्युलाई सहज ग्रहण गर्दै मृत्युपछिको गरिने खर्च, समय शब्द र श्रमको कुनै मुल्य र महत्व हुदैन त्यो खाली आडम्बर र निष्प्रभावी मात्र हो । हाम्रो जिवन सुरुआतमा गुलियो मिठाईबाट सुरु भएर गुलियो खिर पिण्डमा गएर समापन हुन्छ । सुरुआतमा गरिएको खुसीयाली र मिठाईलाई सहज रुपमा स्विकार गर्ने हामी मृत्यु पछि खिर (पिण्ड) किन पिडाबोध हुने ? जुन सत्य छ साचो छ, त्यहि प्राकृतिक हो ।
मृत्युको भय चिन्ता, त्रास डरको कारणले जिवन कहिल्यै आनन्दीत हुदैन तसर्थ मृत्यु निर्विकल्प शास्वत सत्य छ भनेर जान्दा जान्दै किन आÇनो जिवनलाई थप पिडा र असान्तीका परिणत गर्दछौ । तसर्थ जव हाम्रो जिवन भोलीको निर्णय हाम्रो अधिनमा छैन भनि किन हरेक काम भोलीको संचय गर्दछौ । भोली रमाइलो गरौला, भोली भेटौला, भोली तिरौला, भोली खाउला, गरौला जस्ता बाकी काम गर्ने समय तिमीलाई प्रष्ट हुन्छ भने एकिन नहुदा पनि हामी भोली आशावादी छौ । तसर्थ आज गर्नुपर्छ आजको समय नै तिम्रा लागि उत्तम छ ।
कुनै समयमा एक महाराजा थिए उनको श्रीसम्पति धन सम्पत्ति प्रशस्त थियो, त्यसैकारण परिवार महारानी खुसी, सुखी थिइन । धेरै वर्ष पछि जन्मिएको सन्तानबाट उनि निकै खुसी सन्तोष, आनन्दसाथ गौरवपूर्ण जिवन व्यक्तित गरिरहेका थिए । छोरा ८ वर्षको भएपछि अकस्मात बिरामी प¥यो निकै मह·ो उपचार गरे तर उपचार काम लागेन छोरा झनझन थलिदै गयो । यहिक्रमले उनी १५ दिन सम्म सुत्न पाएका थिएनन् । शरीर धेरै थकित भयो । बिरामीसँग बस्दाबस्दै उनि त्यहि निदाउन पुगे निदाउदा उनले १२ वटा साह्रै राम्रा स्वस्थ्य छोरा भएको श्रीसम्पत्तिले युक्त दरबार सुन्दरी रानीको साथ सुखी साथ जिवन बिताएका सपना देखेका थिए । संयोग त्यहि समयमा महारानी चर्को स्वरमा रुन थालेपछि उनी व्यझिन पुगे । व्युझिदा छोरा मरिसकेको रहेछ । उनी भावविहल हुदै थिए सबै मान्छे जम्मा भइरहदा उनका गुरु पनि आइपुगे । राजाले गुरुलाई सोधे गुरु भरखर मैले १२ वटा छोरा दरबार, रानीको साथमा थिए अहिले ति कता गए फेरी एउटा छोरो यहा थियो त्यो पनि गयो अब कुन छोराहरुको यादमा रुने र पश्चयाताप गर्ने भनेर सोध्दा ऋषिले भन्छन यि दुवै तिम्रा लागि सपना हो अर्थात दृश्यहरु हुन जुन विभिन्न अवस्थामा त्यहि अवस्थाको चित्रणको लागि देखिएको सपना मात्र हो । जुन एउटा छोराको सपना केहि लामो थियो अर्को १२ वटा छोरा सपनाको अवधी छोटो थियो मात्र दुई वटै सपना हुन ।
गुरुले भनेका छन तिमीले फिलिम हलको अध्यारो कोठामा फिल्म देख्दा मानौ यो सबै सत्य जस्तो लाग्छ । त्यहा तिमी कतिखेर वियोगले रुन्छौ रुमालले आसु पुछछौ कतिखेर तिमी नै हौ फिलिम त्यहि हो तिमी हास्छौ खुब खुसी हुन्छौ । यस्तै दुःखी, सुखीको बिचमा तिमीले ३ घण्टा बिताउछौ र बाहिर आउछौ उज्यालो हुन्छ तिम्रो चिन्तन सोच दृष्टीकोण बाहिर आउदा फरक हुन थाल्छ । त्यो चलचित्र छोटो समयको हो र त्यो निश्चित छ । यो पनि उस्तै हो तर समय मात्र केहि लामो छ । सिधा रेखा नभएर बक्र रेखा जस्तो छ । हामी अधिक सुख र महत्वकाक्षाको तृष्णाले जिवनलाई थप कठिन र संकटपूर्ण अवस्थामा पु¥याउन मदत गर्दछ । हामीले प्राय सुखलाई घरमा निम्तो दिइरहेका हुन्छौ प्राय आउन कठिन मान्ने गर्दछ भने दुःख लाई हामीले बोलाउन चाहदैनौ तर पनि आइरहन्छ । हामीलाई पेट भर्नको लागि त्यति दुःख छैन जति आत्म भर्नलाई कठिन छ ।
तसर्थ सुखको खातीर जिवन भरिनै दुःखी हुने प्राणीहरु मध्ये मानिस मात्र हो । दान, दक्षिणा र पुजापाठ गरेर इश्वर कसैको पापलाई क्षमा गर्ने हो भने उ भन्दा भ्रष्टचारी कुनै हुन सक्दैन । तसर्थ न रुसका मान्छेले पत्ता लगाए इश्वर छैन भनेर न हामीले पत्ता लगायौ इश्वर छ भनेर तसर्थ यि दुवै अन्धविश्वास हो । एक जना १४ वर्षको बालकले साइकल सिक्न खोज्दा उसको बाटो ६ मिटरको चौडा छ बाटो पुरै खाली छ । उसले साइकल चलाउन सुरु ग¥यो हात हेण्डिलमा राख्छ अगाडी हिडाउन थाल्छ बाटोको छेउमा ढु·ा देख्छ उ ढु·ा तर्कान खोज्दै छ उसले खाली ढु·ा मात्र देख्छ बाकी खाली बाटो नै देख्दैन उसले ढु·ामा नै साइकल ठोकिन्छ । यसरी उसलाई त्यो ढु·ा बाहेक अरु खाली बाटो नदेख्नु उसको ढु·ा प्रतिको डर, त्रासको कारण हो । उसलाई ढु·ा ठोकिएर साइकल लड्छ भन्ने समस्या (विस्वास) बाहेक उसले विकल्पका बाटो नदेख्नु समस्या केन्द्रित विस्वास हो जसले वैकल्पिक सम्भावनाको अभ्यासको लागि प्रयास नै नगरेको परिणाम हो ।
अन्तमा हामी जिवनसँगै समस्याको प्रधान रुप नै मृत्यु त्यत्ति ठुलो तथ्य हो । त्यसबाट टाढा रहन सकिदैन । यद्यपी हामी जिवनभर यहि कोशिस गछौ कि मृत्युको बारेमा नसोचौ, यसकारण कि मृत्युमा सोच्न योग्य केहि कुरा छैन । एउटा बिउले आÇनो वंशज कायम राख्नका लागि उ टुसाउनु पर्छ अंकुरण हुन पर्दछ स्वरुप परिवर्तन हुनु पर्दछ अर्थात बिउ एक प्रकारले स्वरुप नष्ट गर्नु नै पर्दछ । यो सबै प्रक्रियाको लागि बिउले माटोको सहारा लिनु पर्दछ त्यसबाट पर्ने असर पिडालाई सहने र धैर्यताको विकल्पनै छैन । शरीर र चेतनाको वियोग नै मृत्यु हो । मात्र विछोड हो, वियोग हो तर मृत्यु भन्नु नै बेकार छ । केवल एक सम्वन्ध शिथिल भएर छुट्नु, कपडा बदल्नु भन्दा धेरै केहि छैन मात्र बस्त्रको परिवर्तन हो, जसले सबै जानेर, बुझेर मृत्यु स्विकार गर्छ, उ कहिल्यै मर्दैन मात्र जिवन एउटा संगम हो मृत्यु संगमको लागि अर्को नवयात्रा हो ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका विचार लेखक हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१