
– ठाकुर प्रसाद पाण्डे
नेपालको राजनीति इतिहासमा राणाकाल पंचायति व्यवस्था र ०४६ देखि हाल सम्म पनि लगातार ५ वर्ष स्थायी सरकार र एक जना प्रधानमन्त्रीको निरन्तरतालाई सम्झिनु पर्दा निकै विरलै पाइन्छ । पंचायती व्यवस्था जुन एकदलिय व्यवस्था हो त्यसमा पनि पाँच वर्ष सम्मको एउटा प्रधानमन्त्रीको सरकार नेपाली जनताले अनुभुति गर्न सकेनन् । कहिले सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, मरिचमान लगायतले सत्ता बस्ने बर्हिगमन हुने प्रक्रिया चलिरह्यो । यसको कारण थियो विदेशी अर्थात छिमेकी राष्ट्र भारतको अनुकुलमा राजनीति र अर्थतन्त्रमा एकाधिकारको लागि गरिएको योजना । अलिक लामो समय सम्म राजनीति र सरकारले स्थायीत्व पाउन सकेमा राष्ट्रले आर्थिक वृद्धि गर्न सक्ने विकासका सम्भावनाका रुपरेखाहरु संचालन हुने र मुलुकले अधिक आर्थिक वृद्धिदर विकास गरी देश आत्मनिर्भर तिर उन्मुख भएमा भारतिय बजारको विस्तार साँघुरो हुदै जाने अन्तमा नेपाल विकसित राष्ट्रमा स्तरउन्नती हुने डरले नेपालमा स्थिर सरकार र स्थायीशान्ति हुन नदिने सपना भारतको नेपाल र नेपालीका लागि नया भने होइन नेपालको वस्तु निर्यातमा नेपाली व्यावसायीलाई दुःख दिने, सिमा अतिक्रमण गर्ने तराईमधेसका कृषकको पाकेको धानबाली भारतियहरु आएर लैजाने, खेतीपाती, घरपालुवा जनावर चराउन जादा लुट्ने, बलत्कार हुने र भारतमा श्रम गरेर नेपाल फर्कदा सिमानामा लुटिनु पर्ने जुनकुनै नागरिकका लागि राष्ट्रियता अनुभुति गर्न नपाउनु दुःखद र खेदजनक हो । यो सम्पूर्ण कार्य गर्न भारतियहरु पनि नेपाल सरकार र यहाँको सुरक्षा नीतिलाई राम्रोसँग आँकलन गरि मात्र गर्न सकेको कुरा स्पष्ट छ । भारतीय सरकारको अनुकुल काम नगर्ने भारतीय अर्थ बजारलाई ह्रास पुर्याउने नेपालको सिमा सुरक्षा, जलनीति, भू–राजनीतिको विषयमा भारतीय सिआईए को परामर्श बिना राज्य संचालनको सपना देख्नु भनेको आफुलाई नै खतरा निम्ताउनु हो भन्ने विषयमा विभिन्न घटनाहरुले प्रमाणित गरी सकेका छन् ।
राणाकालमा भएका भण्डारखाल कोतपर्व लगायतका विषय हुदै मदनभण्डारीको हत्या, राजाविरन्द्रको वंशनाश र पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको रहस्यमय मृत्युबाट पनि प्रस्ट हुन्छ कि अमेरिका र भारतीय रअ र सिआईए को योजना नेपालको सुरक्षा योजनाको नीति देखि सुरक्षा क्याम्प सम्म प्रवेश गरेको छ भनेर बुझ्नलाई कठिन छैन । विरेन्द्रको वंशनाश गर्दाको अवस्थामा प्रधान सेनापती प्रज्वल शमशेर राणा लगायत अन्य सैनिकहरु बेखबर हुनु भनेको नेपाली सुरक्षा क्षेत्रमा लज्जास्पतको विषय हो । जुनआज अमेरिकामा सुविधा सम्पन्न र मजबुत सुरक्षाका बिच दैनिकी चलिरहेको जुन सामान्य सेनाको तलब सुविधाले कसरी सम्भव छ ? यो सबै अमेरिका र भारतको योजनाको लागि योगदान गरे बापतको सुविधा हो । तसर्थ नेपाली सेना, अदालत, प्रहरी, अनुसन्धानको समेत विदेशीहरुको (चारा) सुविधा लिएकाले उक्त चाराको सुविधाको कारणले अव नेपालको राजनीतिमा अस्थिरताको बादल लागि रहने सम्भावना झन बढेर गएको छ । नेपाली जनतालाई राष्ट्रियताको चिन्ता, गरिबी, अभाव र शोषणको कारणले अन्तराष्ट्रिय रुपमा भएका आर्थिक वृद्धिविकास र राष्ट्रिय स्वाभिमानको सपनालाई पुरा गर्न आतुर भएको अवस्थामा २०५२ सालको कथित जनयुद्धको नामले प्रचण्डले जनयुद्ध सुरुगरेको दिनमा नेपाली जनतामा छरेको भ्रम ‘यो देशको पवित्र भूमिमा जब सम्म घाँस उम्रिरहने छ तब सम्म साम्राज्यवादीहरुका विरुद्ध जनताहरुले आप्mनो ज्यानको बलिदान दिनेछन ।’ यो भनाईले नेपाली जनता भारतीय विस्तारबाद र अमेरिकी सामराज्यवादको विरुद्धमा मोर्चाबन्दी गरेका योद्धालाई रगत उमाल्ने काम गरेको इतिहास साँची छ । भारतीयहरुको सुरक्षा, सिंहालीहरुको युद्धकला, अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित धनयुद्धका कारण १७ हजारको रगतको आहालबाट सिंहदरबार प्रवेश गरेको प्रचण्ड सबै सत्ता, शक्तिमा मात्र बाच्नु पर्ने बाध्यताको परिणामनै अहिलेको गठबन्धन हो ।
यो गठबन्धका मुख्य दुई पात्र माधव नेपाल र प्रचण्ड यी दुवै पात्र शिसाको घरमा बसेर अर्काको झ्यालमा ढुङ्गा हान्ने कामले आप्mनै सुरक्षा चुनौती बढ्दै गएको छ । कति जनयुद्ध व्यवस्थापनबाट शान्तिपूर्ण अवस्थामा आई आफुलाई शान्तिपूर्ण अवतरणका लागि अमेरिका र भारतिय शासकको रोहवरमा गरिएको १२ बुदे सहमतिलाई पालनाको खातिर अमेरिकालाई एमसिसि, सुरक्षा रणनीति, भारतियका लागि अंगिकृत नागरिकताको विषय एक चीन नीतिको, विरुद्धमा नेपाल भारत सयुक्त सुरक्षा फौज तयार तथा अभ्यास लगायतका विषयमा तत्कालको वार्तामा सम्भव भए सम्म साथ सहयोग गर्ने प्रतिवद्धता नै हाल प्रचण्डलाई अन्तराष्ट्रिय चुनौती बढदै गएको छ । जुन विषय पुरा गर्नका लागि मुल्यमान्यता, वर्गशत्रु, राष्ट्रियता यी सबै विषयलाई छोडेर सरकारमा जानुपर्ने बाध्यता छ भने अर्को तर्पm आन्तरिक सुरक्षाको खतराको भयबाट पनि व्यापक सुरक्षा फौजसँगको सहारा लिनु पर्ने बाध्यता छ । यसको लागि पनि सरकार बाहिर बसेर सुरक्षा पाउन नसकिने हुँदा सत्ता र शक्तिको आँडमा बाच्नुको विकल्प छैन । यसको लागि देशी तथा विदेशी शक्ति राष्ट्रका अगाडी घुडा टेक्नु प्रचण्डको रहर होइन । जतिबेला सम्म गरिएको बाचा पुरा हुने छन र अमेरिकाले प्रचण्डलाई अन्तराष्ट्रिय नोवेल शान्ति पुरस्कार प्रदान गर्ने छ त्यसबाट विदेशमा स्वतन्त्र रुपमा जीवन संचालनको लागि मार्ग प्रशस्त हुनेछ । तर आन्तरिक रुपमा नेपालको लागि भने सधै त्राहित्राहिको अवस्थामा बाच्नु पर्ने अवस्था देखिन्छ । यसका लागि कुनै अर्को शक्ति होइन यसबाट असन्तुष्टी भएका सहिद परिवार, कथित अयोग्य भनिएका लडाकु र उनका परिवार, बेपत्ता परिवार र उनका सदस्यहरुबाट नै बढि खतरा देखिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई विश्लेषण गर्दा उग्रवामपन्थीहरुको स्वरुप संशोधनवाद हुदै दक्षिणपन्थी भाषबाट विसर्जनवादमा परिणत हुनको लागि लामो समयको धैर्यता आवश्यकता पर्दैन भनेको विषयलाई २०५२ साल उग्रवामपन्धी अराजकतावादको आन्दोलन हेटौडा महाधिवेशनबाट संशोधनवाद हुदै आज प्रतिक्रियावादीको यात्रा गन्तब्य र मेरो गन्तव्य एउटै डुङ्गाबाट गर्नु एउटै गन्तव्य हुनुले हिजोको विश्लेषण गर्दा ठोस परिस्थितीको ठोस विश्लेषण भएको भन्ने दुविधा रहेन ।
वर्तमान सत्ता गठबन्धनको अर्को घटक माधव नेपाल समुह हो । जुन लगभग १५ वर्ष सम्म कार्यकर्ताको बलबाट नेपाली राजनीतिको पर्दामा जनताबाट वा मनोनित गरेर भएपनि पार्टीको महासचिव हुदै अध्यक्ष र प्रधानमन्त्रीको सिहासन भन्दा बाहिर बस्न नसक्ने माधव नेपालको विशेषता हो । पार्टी अध्यक्ष केपि ओली भएपछि माधव नेपालमा आएको छटपटिले उसको निद हरामको कारणबाट पार्टी विभाजन सम्मको हर्कत गर्न पछि परेन सत्ता, शक्तिको मोहको एउटा कारण हो भने अर्को ललिता निवासको मुद्धा सिविआईको व्यापक अध्ययन अनुसन्धान पछि दर्जनौ नेता कर्मचारी र पूर्वप्रधानमन्त्रीलाई समेत नामराखि सर्वोच्वमा मुद्धा दर्ता भएपछि त्रसित र भयवितको कारण नेपाली काग्रेसको शेर बहादुर देउवाको शरणमा परि राजनीतिक सुरक्षाको भिख मागेपछि शेर बहादुरले नेपालको कम्युनिष्टहरुलाई जोतेर मालिक हुन पाउनु पनि शेर बहादुरको शौभाग्य नै हो । तसर्थ यी दुई कथित कम्युनिष्ट नामका कलंकबाट जति दिन सम्म उपलब्धी लिन सकिन्छ उति दिन सम्म पार्टी र आफुलाई उपलब्धी हुने र अन्तराष्ट्रिय रुपमा कम्युनिष्टहरुको पतन गराउन काग्रेस सफल छ भनेर देखाउन अमेरिकालाई रिजाउन देउवा सरकारको लागि यो उपलब्धीमुलक नै मान्नु पर्छ । सत्ता गठबन्धले ओली सरकारबाट खतरा छ भनेर भन्नु नेपाली जनतामा भ्रमको खेती गर्नु हो । नेकपा एमालेलाई सरकार बनाउनको लागि पनि अबका दिनमा त्यति सहज देखिदैन भारतीय शासकको अनुकुल र अमेरिकी सरकारको इशारा र निर्देशनबाट एमालेको सरकार नचल्ने कुरा त विगतबाट नै पुष्टी भैसकेको छ । तसर्थ आगामी दिनमा एमाले पार्टीमा ओलीको नेतृत्व कायम रहदासम्म विदेशी संस्था स्वार्थको लागि सधै सिंहमेवजयते को नारा गुञ्जिरहने डरले ओलीलाई वालुवाटार प्रवेश गर्न त्यति सरल र सहज देखिदैन । जति वर्तमान सत्ता गठबन्धनको लागि सरल र सहज छ । नेकपा माओवादीलाई युद्धको पिडा र १७ हजारको रगतबाट रक्त्ताम्मे भएको शरिरलाई सफा गरी स्वदेशी तथा विदेशी शक्ति राष्ट्र सामु अब नेकपा माओवादी पूर्ण प्रजातान्त्रीक शक्तिमा परिण भईसकेको कुरा विश्वास दिलाउन काग्रेसको पार्टीको पनि शेर बहादुर देउवाबाट मात्र सम्भव देखिन्छ किनकी उनी अमेरिकी सरकारको हाल सम्मको विश्वास पात्र तथा इमान्दार चरित्रको रुपमा आफुलाई परिचित गराउन सकेको कारणबाट यो सम्भव भएको छ । यो अवस्था सम्म पुग्नको लागि जुनसुकै अस्थिरता कायम रहेपनि काग्रेस पार्टी र शेर बहादुरको नेतृत्व प्रति भक्तिभाव देखाउनु प्रचण्डको बाध्यता हो । हुन त नेपालका क्रान्तीकारी कम्युनिष्ट पार्टीका नेताहरु सर्वाहरा वर्गको अधिनायकत्व, वान युनिट वान एरिया वान एक्सन, को नामले पूर्तिघाटको बैंक लुट्ने, पैसा बाड्ने, सामन्तहरुलाई कालोमोसो लगाउने लगायतका क्रान्तीकारी कार्य गर्ने कमरेडहरु पनि मर्ने बेलामा काग्रेसको पार्टीमा प्रवेश गर्ने र चारतारे झण्डा ओडेर साहदत प्राप्त गर्ने विर पुरुष रुपलाल विश्वकर्मा, विष्णु बहादुर मान्धरको नाम लिन सकिन्छ । त्यहि अवस्थाको बाटो प्रचण्डको पनि नहोला भन्न सकिन्न । तसर्थ अस्थिर राजनीतिक, अस्थिर नेतृत्वको गन्तव्यको अवसान पनि अस्थिर नै हुने गरेको छ । हुन त २०२८ सालमा तत्कालिन नेकपा मालेले झापा विद्रोहमा केहिको हत्याको आरोप लामो समयसम्म आलोचनाको रुपमा खेपेको कुरा सत्य हो । त्यो हत्या रगतको छिटा मेटाउन मार्कसवादी पार्टीसँग एकता गरेपछि मार्कसावादी पार्टीका नेता मनमोहन अधिकारी र शाहना प्रधान लगायतले तत्कालिन मालेबाट आएका सिपी मैनाली, राधा किष्ण मैनाली, केपि ओली लगायतका नेताहरुको विषयमा सफाई दिदै, स्पष्टिकरण दिदै जनतालाई उनीहरु अब शान्तिपूर्ण रुपमा अवतरण भएको अवस्था हो भनेर जनतासामु स्थापित गर्न र विश्वास कायम गर्न निकै मेहनतको परिणाम नै अहिलेको नेकपा एमालेको स्वरुप हो ।
तसर्थ अब अन्तमा डा. बावुराम भट्टराई, पुष्पकमल दाहाल, माधव नेपाल पनि रुपलाल विश्वकर्मा र विष्णु बहादुर मानन्धरको यात्रा तय गर्दा सधैका लागि र सबैका लागि कल्याण हुने देखिन्छ । मात्र अमेरिका र भारतले सिआइए र रअको तालिमको लागि नयाँ अनुहारलाई तालिम दिनुपर्नेछ । वर्तमान अवस्थाको विश्लेषण गर्दा लोकतन्त्र र राष्ट्रियताको दुईपाङ्ग्रा सँगसगै चल्नु पर्दछ तर राष्ट्रियताको पक्षमा नेपालले अबलम्वन गरेको असंलग्न परराष्ट्र नीति, अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुको विरोध तथा सर्मथन जस्तो विषयमा पनि समय सापेक्ष पक्षपात किसिमले समर्थन गर्न थालिएको छ । रुस र युक्रेनको युद्धको विषयमा खुलेर रुसको विरुद्धमा विज्ञप्ती निकालेर अमेरिकाको सहयोगमा युक्रेनलाई विरोध गर्नु भारत र पाकिस्तानको आन्तरिक मामिलाको विषयमा भारतको पक्षपोषण गर्नु जस्ताले शक्ति राष्ट्रसँगको ध्रुविकरण देखिन्छ । जुन हाम्रो अवस्था, क्षमता, आवश्यकता भन्दा बाहिरको विषय हो यसको प्रतिफल नै गठबन्धन सरकारले एमसिसि, एमसिए लगायतका विषयलाई स्वीकृत गरी अमेरिका र भारतले गठबन्धनको लागि लगाएको गुन तिरेको कुरा स्पष्ट छ । यसबाट सिङ्गो राष्ट्रियता, सार्वभौमसत्ता समेत खतरामा पर्ने सम्भावना प्रवल भएको अवस्थामा राष्ट्रवादी शक्ति बिच कार्यगत एकता, संयुक्त मोर्चा बनाई सिक्किमिकरण, फिजिकरण हुने अवस्थाबाट बचाउनु नै अहिलेको महत्वपूर्ण तथा ऐतिहासिक समय हो । तसर्थ राष्ट्र गम्भिर अवस्थामा पुगेको समयमा पार्टीका केहि सिमित दायराबाट माथि उठेर राष्ट्रिय एकता कायम गरी राष्ट्रवादी शक्तिहरुको बिच संयुक्त सरकारको आवश्यकता वर्तमान परिस्थितीको माग हो । देशको अस्तित्व कायम रहे मात्र हामीले राजनीति गर्ने हो देश नै स्वाभिमान गुमाएर गरिने राजनीतिले भोलीका सन्तती प्रति गरिएको गम्भिर गद्दारी हो । तसर्थ आम देशभक्त सच्चा वामपन्थी र जनतान्त्रीक शक्तिहरुको बिचको सहकार्य एकताको प्रतिविम्बको रुपमा नेकपा एमालेको अभियानबाट नै राष्ट्र, राष्ट्रियता, जनतन्त्र, जिविकाको सवाललाई सम्वोधन गर्न सकिन्छ।
अन्तमा सुर्य चिन्हमा मतदान र राष्ट्रियताको पहिचान
(लेखक : नेकपा एमाले आस्थावान विचारक हुन।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१